सोमबार पनि सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सोमबार पनि सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा लगातार दोस्रो दिन सुनको मूल्य स्थिर रहेको छ । आइतबार स्थिर रहेको सुनको मूल्य आजपनि स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ। जुन मूल्य शुक्रबार र आइतबारको मूल्य हो ।

आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ९१५ रुपैयाँ कायम भएको छ। हिजो पनि मूल्य स्थिर रहँदै चाँदी तोलाको १ हजार ९१५ रुपैयाँमै कारोबार भएको थियो।