मौद्रिक नीति समिक्षापछि शेयर बजारमा उछाल, लगातार ९ दिन बढ्दै २९ सय अंकको बिन्दुतर्फ

आजै बढ्ये ७५ अंक, १४ अर्ब बढीको कारोबार हुँदा बैंकिङ्ग समूहमा साढे २ प्रतिशतको वृद्धि


काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ । गत साताको मंगलबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षापछि बढेको बजारले यो साताको पहिलो कारोबारको दिनपनि सोहीक्रमलाई निरन्तरता दिएको हो ।

आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७५ दशमल २४ अंकले बढ्दै बजार २८ सय ९० दशमलव २८ काे बिन्दुमा उक्लिएर बन्द भएको छ । आज दिनभरिमा ३०२ कम्पनीको २ करोड ९१ लाख ६६ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब २५ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९७ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ८५ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको ४० करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन डिष्ट्रिलरी, गार्डियन माइक्रो लाइफ र नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिन्धु विकास बैंक र दोदीका लगानकिर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । आज बैंकिङ्ग समूह २ दशमलव ५३ प्रतिशत, विकास बैंक समूहको ३.८८ प्रतिशतले शेयर मूल्य बढेको छ ।