काठमाडौं – एक्सल डेभलपमेन्ट बैंकले १९औँ वार्षिक साधारण सभाकाे मिति तय गरेकाे छ । बैंक सञ्चालक समितिको बैठकले चैत ११ गते बिर्तामोड झापामा बिहान ११ बजे १९औँ साधारण सभा तय गरेकाे हाे । बैंकको सभाले मर्जर तथा एक्विजिशन सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।
बैंकका अनुसार उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रयोजनका लागि सहमति पत्रमा हस्ताक्षर, समिति गठन, चल अचल सम्पत्तिको मूल्याङ्कनका लागि मूल्याङ्कनकर्ताको नियुक्ति, निजको पारिश्रमिक निर्धारण, सेयर आदान प्रदान अनुपात निर्धारण, नियमनकारी निकायसँग सहमति लिने लगायतका आवश्यक कार्य अघि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्नेछ ।
साथै सभाले सञ्चालक समितिका सदस्यहरूको बैठक भत्ता वृद्धि गर्ने, बैंकको नियमावलीमा संशोधन गर्ने सम्बन्धी लगातयका प्रस्ताव पारित गर्नेछ ।



About Us
प्रतिक्रिया