काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य स्थिर रहँदै गत शुक्रबारकै मूल्यमा कारोबार भइरहेको हो ।
अघिल्लो कारोबारको दिन अर्थात गत शुक्रबार प्रतितोला छापावाल सुन १ लाख ६८ हजार १०० रुपैयाँ र चाँदी १ हजार ९१५ रुपैयाँ कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
प्रतिक्रिया