काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला दुई हजार २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार सुनकाे मूल्य तोलामा २ सय रुपैयाँले घटेर १ लाख ७० हजार ३ रुपैयाँमा काराेबार भएकाे थियाे। त्यसैगरी, आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो। आज चाँदी एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया