काठमाडाैं – पछिल्लाे समय बैंकिङ्ग प्रणालीकाे निक्षेपमा भारी गिरावट देखिएकाे छ । केन्द्रीय बैंकको फागुन ११ र १२ गतेकाे तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीकाे निक्षेपमा भारी रकमको अर्थात् २० एकैदिन २० अर्बकाे गिरावट देखिएकाे हाे । नेपाल राष्ट्र बैंकको फागुन १२ गतेकाे तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीमा ६७ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । अघिल्लाे दिन साे निक्षेप ६७ खर्ब ४० अर्ब रहेकाे थियाे ।
त्यस्तै, सो अवधिमा वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेप पनि घटेकाे छ । फागुन ११ गते ६ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरू १२ गते ५९ खर्ब ९३ अर्ब रूपैयाँ रकम बराबरकाे निक्षेप संकलन गरेका छन् । सो अवधिमा कर्जा प्रवाह २ अर्बले बढेकाे छ । फागुन ११ गते ५४ खर्ब ४१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट ५४ खर्ब ४३ रूपैयाँ बराबरकाे कर्जा प्रवाह भएकाे छ ।
साे समयमा वाणिज्य बैंकहरूले प्रवाह गर्ने कर्जा पनि बढेकेा छ । ११ गते ४८ खर्ब २९ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहले १२ गते ४८ खर्ब ३२ बराबरकाे कर्जा प्रवाह गरेका छन् । सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ६९ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।



About Us
प्रतिक्रिया