मर्जरको तयारीमा गार्डियन माइक्रो, डाक्यो साधारणसभा


काठमाडौं – गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड मर्जरमा जाने तयारीमा रहेको छ । कम्पनीले मर्जरमा जाने प्रस्ताव सहित आगामी चैत ११ गते वार्षिक साभारणसभा डाकेको हो ।

कम्पनी स्थापना भएको २/३ वर्ष नबित्दै मर्जरको तयारीमा लागेको छ । कम्पनीले उपयुक्त इन्स्योरेन्स कम्पनीसँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न र पूँजी वृद्धि गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पेश हुने बताएको छ ।

साथै गत आर्थिक वर्षको वर्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, २ जना सञ्चालक निर्वाचन गर्ने, सञ्चालकको भत्ता तथा सुविधा निर्धारण गर्ने र खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।