सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

'ताेलामा २ सय रूपैयाँले घट्याे सुन'


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ सय रुपैयाँले घटेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ७० हजार ३ रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला छापावाल सुन १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ९४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो।