प्रि–ओपन सेसनमा २० अंकले बढ्यो नेप्से


काठमाडौं – प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २० अंकले बढेको छ । पछिल्लो ७ कारोबार दिनयता निरन्तर बढिरहेको नेप्से परिसूचक आज प्रि–ओपन सेसनमा नै उच्च अंकले बढेको हो ।

यससँगै, नेप्से परिसूचक २७ सय ८६ अंक पुगेर रोकिएको छ । परिसूचक ०.७५ प्रतिशतले बढ्दा १०४ कम्पनीको मूल्य बढेको छ । यस्तै, १३२ कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै, ९ कम्पनीको शेयर मूल्य स्थिर छ ।

यसक्रममा सबैभन्दा धेरै सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था र गुँरास लघुवित्त वित्तीय संस्थाको मूल्य उच्च अंकले बढेको छ ।