काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पछिल्लो ७ दिनयता निरन्तर बढ्दो अवस्थामा छ । यसक्रममा निरन्तर बढ्दै ८६ अंकले उकालो लाग्दै नेप्से परसूचक २७ सय ६५ अंकमा पुगेको छ । यसक्रममा नेप्सेमा पुनर्बीमा कम्पनीको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।
७ कारोबार दिनदेखि परिसूचक बढ्दो अवस्थामा रहँदा हिमालयन पुनर्बीमा कम्पनीको शेयर मूल्य अधिकांश दिनमा बढेको छ । नेप्सेका अनुसार पछिल्ला ७ कारोबार दिनमध्ये ५ कारोबार दिन हिमालयन पुनर्बीमा कम्पनीको शेयर मूल्य बढेको छ ।
यो कम्पनीको शेयर मूल्य अन्तिम पटक फागुन १ गते घटेको थियो । त्यो दिन प्रतिकित्ता ८६० रुपैयाँमा खुलेको कम्पनीको कारोबार बन्द हुने समयसम्ममा प्रतिकित्ता ८४४ रुपैयाँमा झरेर बन्द भएको थियो ।
त्यसयता फागुन ४, फागुन ५ र फागुन ६ गते निरन्तर बढेको थियो । यस्तै फागुन ८ गते भने कम्पनीको शेयर मूल्यमा सामान्य गिरावट आएको थियो । त्यसयता फागुन ११, १२ र १३ गते फेरी निरन्तर बढ्दै कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार २५ रुपैयाँ कायम भएको छ ।
जबकी, फागुन १ गते कम्पनीको शेयर मूल्य प्रतिकित्ता ८६० रुपैयाँमा कारोबार खुलेको थियो । त्यसयताको मूल्य तुलना गर्दा १६५ रुपैयाँले उकालो लागिसकेको छ ।



About Us
प्रतिक्रिया