नेपालमा वैदेशिक लगानी गर्नेमा भारत पहिलो, दोस्रोमा चीन

नेपालमा वैदेशिक लगानी गर्नेमा भारत पहिलो, दोस्रोमा चीन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपालले प्राप्त गरेको प्रत्यक्ष वैदेशिक लागनीको २६.९० प्रतिशत रकम सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय क्षेत्रमा भित्रिएको छ ।

राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७ |७८’ वैदेशिक लगानी २६.९० प्रतिशत सर्वेक्षण प्रतिवेदनले देखाएको छ  । कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६.९ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा रहेको छ ।

यस्तै, नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा ३९.४ प्रतिशत सेवा क्षेत्रमा रहेको जनाइएको छ ।

औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युतमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको प्रतिवेदनमा उल्लेख छ ।

गएको असार मसान्तसम्ममा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । त्यसमध्ये भारतबाट सबैभन्दा धेरै ७५ अर्ब ८१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । त्यसपछि क्रमशः चीनबाट ३३ अर्ब, आयरल्यान्डबाट १६ अर्ब ४८ करोड, सिंगापुरबाट १५ अर्ब ४८ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १४ अर्ब ५१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७७|७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल १९७ कम्पनीको नमुना छनोट गरी सर्वेक्षण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

असार मसान्तसम्म नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानी दुई खर्ब २७ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।