काठमाडौं महानगरभित्रको सहकारीहरुले पुस मसान्तभित्र साधारण सभा सक्न महानगर निर्देशन 

काठमाडौं महानगरभित्रको सहकारीहरुले पुस मसान्तभित्र साधारण सभा सक्न महानगर निर्देशन 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

काठमाडौं महानगरपालिका भित्र सञ्चालन भएको सहकारीलाई पुस मसान्त भित्रमा साधारण सभा गरिसक्न महानगरले निर्देशन दिएको छ । 

महानगपालिकाको कार्यक्षेत्र भएको सहकारी संस्थाको नाममा सूचना प्रकाशित गर्दै यस्तो निर्देशन दिएको हो । अब काठमाडौं महनगरमा सञ्चालित भएको सहकारीले पुस मसान्तमा साधारण सभाबाट पारित प्रतिवेदन महानगरको सहकारी विभागमा बुझाउनु पर्ने सूचनामा उल्लेख गरेको छ । 

त्यस्तै, साधारणसभामा सहकारीको सदस्यलाई पनि उपस्थितिको लागि आह्रान गर्न समेत महानगरले सूचनामा उल्लेख गरेको छ । साथै, साधारण सभा गर्दा पुरक संख्या पुर्याउनुपर्ने र पर्याप्त छलफलबाट नै प्रतिवेदन पास गर्नुपर्ने महानगरले सूचनामा भनेको छ । र संस्थाको चालु आ.वको बजेट, नीति तथा कार्यक्रम समेत साधारणसभाबाटै अनुमोदन गराउनु पर्ने छ । यदि यी शर्त नमानेमा विघटन र दर्ता खारेजी प्रकृया अगाडी बढ्ने समेत सूचनामा महानगरले उल्लेख गरेको छ ।