फेरियो लघुवित्तको ब्याजदर व्यवस्था, जेठदेखि आधार दरसँग आवद्ध गर्नुपर्ने

फेरियो लघुवित्तको ब्याजदर व्यवस्था, जेठदेखि आधार दरसँग आवद्ध गर्नुपर्ने


काठमाडौं – नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर आगामी जेठदेखि आधार दरसँग आवद्ध गरी तय गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले सजगतापूर्वक लचिलो कार्यदिशालाई निरन्तरता दिइएको मौद्रिक नीतिबाट मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्नगई नेपाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।