काठमाडौं – सरकारले विश्व बैंकको १५ करोड अमेरिकी डलर ऋण स्वीकृत गर्ने निर्णय गरेको छ । फागुन १२ गते बसेको मन्त्रीपरिषद्को बैठकले विश्व बैंकबाट १५० मिलियन अर्थात १५ करोड अमेरिकी डलर ऋण स्वीकृत गर्ने निर्णय गरेको हो ।
आजको बजार मूल्यका अनुसार यो २० अब ८५ करोड रुपैयाँ हुन आउँछ । यो रकम स्वीकृत गर्नका लागि वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिमरुप दिन वार्ता टोली गठन गर्ने निर्णय समेत मन्त्रीपरिषद्को बैठकले गरेको छ ।
यसबाहेक, फागुन १२ गते बसेको मन्त्रीपरिषद्को बैठकले १५ वटा निर्णय समेत गरेको छ ।





About Us
प्रतिक्रिया