काठमाडौं– साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजारमा वृद्धि देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ७ दशमलव १३ अंकले बढेको छ । नेप्से परिसूचक बढेसँगै बजार २,७६५ को बिन्दुमा कायम भएको छ । आज १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३१२ कम्पनीको १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ८० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ ।
आज यस कम्पनीको १ अर्ब २ करोड माथिको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ८३ करोेड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एचआइडीसीएलको २९ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २७ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल ल्युब ओयलका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ८ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ९७ प्रतिशतका दरले गुमाएका हुन् ।



About Us
प्रतिक्रिया