राष्ट्र बैंकद्धारा १ अर्ब भन्दा बढी नयाँ नोट वितरण, सर्वसाधारणलाई बुधबार बाट वितरण गरिने

राष्ट्र बैंकद्धारा १ अर्ब भन्दा बढी नयाँ नोट वितरण, सर्वसाधारणलाई बुधबार बाट वितरण गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले दशैं तिहारको लागि हालसम्म १ खर्ब ६० करोड रुपैंया बराबरको नयाँ नोट अन्य बैंकहरुलाई वितरण गरेको छ ।

राष्ट्र बैंकले १६ वटा बैंक तथा वित्तिय संस्थाहरुमा उक्त रकम वितरण गरेको हो । बाकी संस्थाले पनि रकम लग्ने क्रममै रहेको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै, राष्ट्र बैंकले नयाँ नोटको लागि बुधबार बाट काठमाडौं उपत्यकाको बैंक तथा वित्तिय संस्था मार्फत नयाँ नोट वितरण गर्ने भएको छ । उपत्यका बाहिरको लागि भने असोज २ बाट मात्रै वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ । 

हाल सम्म राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाईनान्स कम्पनीबाट नयाँ नोट साट्न सकिने बताएको हो । राष्ट्र बैंकले वाणिज्य बैंकको लागि १० करोड, विकास बैंकको लागि ५ करोड र फाइनान्स कम्पनीलाई ३ करोडका दरले नयाँ नोट केन्द्रिय बैंकले वितरण गरिरहेको छ । 

राष्ट्र बैंकको अनुसार ५, १०, २०, ५० र १०० दरको गरी कुल १८ हजार ५ सय रुपैंया सम्म साट्न सकिने जनाएको छ ।