काठमाडौं – नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।
योसँगै प्रतितोला छापावाल सुन १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको छ। हिजो प्रतितोला छापावाल सुन १ लाख ७० हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदी मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्यमा आइतबारदेखि नै लगातार बढिरहेको छ । आज प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार पनि सोही मूल्यले बढेको थियो । आइतबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको थियो ।
प्रतिक्रिया