जेनेभा – इजरायलले कब्जा गरेको प्यालेस्टाइनी भूभागमा विस्तारित सैन्य कारबाहीको घोषणासँगैसंयुक्त राष्ट्रसङ्घका प्रमुखले पश्चिमी किनारा (वेस्ट बैंक) मा इजरायली बसोवास गर्नेहरूको बढ्दो हिंसाप्रति सोमबार चिन्ता व्यक्त गरेका छन् । इजरायलले आफ्नो सेना केही महिनासम्म पश्चिम किनाराका शरणार्थी शिविरमा रहने बताएको छ ।
त्यहाँ बसोबास गर्ने दशौं हजार प्यालेस्टिनीहरू तीव्र सैन्य कारबाहीका कारण विस्थापित भएका छन्। एन्टोनियो गुटेर्रेसले जेनेभामा संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा भने, ‘इजरायलीहरूले कब्जा गरेको पश्चिमी किनारामा उनीहरूबाट बढ्दो हिंसा र अन्य उल्लङ्घनका साथै एकीकरणको मागप्रति म गम्भीर चिन्तित छु ।’
प्यालेस्टाइनको छुट्टै क्षेत्र गाजा पट्टीमा युद्धविराम लागू भएलगत्तै सेनाले एक महिनाअघि पश्चिम किनाराको उत्तरी क्षेत्रमा प्यालेस्टिनी लडाकूविरुद्ध ठूलो आक्रमण सुरु गरेको थियो । जेनिन, तुलकारेम र टुबास शहरनजिकका थुप्रै शरणार्थी शिविरमा वेस्ट बैंकको आक्रमण विस्तारै विस्तार हुँदै गएको छ । आइतबार पनि इजरायली सेनाले जेनिनमा लडाकू ट्याङ्कर तैनाथ गर्ने घोषणा गरेको थियो । इजरायलले जेनिनमा आफ्नो अभियान ‘विस्तार’ गरिरहेको थियो । सन् २००५ मा दोस्रो प्यालेस्टिनी ‘इन्तिफादा’ भनिने विद्रोहको अन्त्यपछि पश्चिम किनारामा बख्तरबन्द बख्तरबन्द लडाकू गाडीहरू गाडीहरू तैनाथ भएको यो पहिलो पटक हो ।
सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा हमासको घातक आक्रमणपछि सुरु भएको गाजा युद्ध सुरु भएयता पश्चिमी किनारामा हिसा बढेको छ । गुटेर्रेसले गत जनवरी १९ देखि गाजामा जारी युद्धविरामको महत्वमाथि सोमबार जोड दिएका छन्।उनले भने, ‘हामी अनिश्चित युद्धविरामको साक्षी बनिरहेका छौं । हामीले कुनै पनि हालतमा शत्रुताको पुनरुत्थानबाट बच्नुपर्छ। गाजाका जनताले पहिले नै धेरै दुःख भोगेका छन्,’उनले भने ।
उनले भने,‘यो स्थायी युद्धविरामको समय हो, बाँकी रहेका सबै बन्धकहरूको सम्मानजनक रिहाई, दुई–राज्य समाधानको दिशामा अपरिवर्तनीय प्रगति, कब्जाको अन्त्य, र गाजालाई एक अभिन्न अङ्गको रूपमा एक स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापना यसको निर्दिष्ट लक्ष्य हुनुपर्छ ।’





About Us
प्रतिक्रिया