काठमाडौं – नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले एक हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन् । संसद्मा बोल्दै उनले हजार र पाँच सयको नोट प्रतिबन्ध लगाउन माग गरेका हुन् ।
अन्तरदेशीय अन्तर्राष्ट्रिय संस्था एफएटीएले नेपाललाई आधिकारिक रूपमा ग्रे लिस्टमा राख्नुका साथै ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार सूचकांकमा नेपाल एक श्रेणी माथि उक्लिएको तथ्यलाई उल्लेख गर्दै सांसद केसीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरे ।
उनले संसद्मा भ्रष्टाचार नियन्त्रणका उपायहरूबारे गम्भीर छलफल हुनुपर्ने माग गर्दै हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउनुपर्ने तर्क प्रस्तुत गरे ।
केसीले भने, ‘हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साख र विश्वसनीयता स्थापित गर्न आवश्यक छ । त्यसका लागि अहिलेसम्मका प्रमुख भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय शक्तिशाली न्यायिक आयोग गठन गरिनुपर्छ ।’



About Us
प्रतिक्रिया