काठमाडौं – कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा राखेकाे छ । बैंकले विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको ४५ लाख ४६ हजार ३८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेकाे हो ।
यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ ।
निवेदन काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय र नागपोखरीस्थित कुमारी क्यापिटलमा दिन सकिनेछ ।तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका निवेदन नपरेमा सर्वसाधरणाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।



About Us
प्रतिक्रिया