सोमबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

'आज प्रतिताेला ५ सय रुपैयाँले बढ्याे सुन'


काठमाडौं – नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै आज प्रतिताेला सुन एक लाख ७० हजार आठ सय रुपैयाँमा कारोबार भइहरहेको छ ।

आइतबार ३ सय रुपैयाँले बढ्दै प्रतितोला सुन एक लाख ७० हजार तीन सयमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदी एक हजार नौ सय ८५ मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय ४० अमेरिकी डलरमा कारोबार भईरहेको छ ।