काठमाडाैं – पछिल्लाे समय केन्द्रीय बैंककाे तथ्यांकले बैंकिङ्ग निक्षेप बढेकाे देखाएको छ । केन्द्रीय बैंककाे फागुन ८र ९ गतेकाे तथ्यांकले बैंकिङ्ग कर्जामा सामान्य गिरावटसँगै निक्षेपमा सुधार भएको देखाएको छ । नेपाल राष्ट्र बैंकको फागुन ९ गतेकाे तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीमा ६७ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । त्यसकाे अघिल्लो दिन अर्थात् ८ गते ६७ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।
त्यस्तै, सो अवधिमा वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेपमा पनि वृद्धि देखिएकाे छ । फागुन ८ गते ६ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरूले ९ गते ८ खर्ब रुपैयाँ मात्र निक्षेप संकलन गरेका छन् । सो अवधिमा निक्षेप बढेसँगै कर्जा प्रवाहमा भने सामान्य गिरावट देखिएको छ । फागुन ८ गते ५४ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट ५४ खर्ब ४१ अर्ब रुपैयाँ प्रवाह भएको छ ।
त्यस्तै, सो समयमा वाणिज्य बैंकहरूकाे कर्जा प्रवाह स्थिर रहेकाे छ । ८ गते ४८ खर्ब ३० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भाेलिपल्ट पनि साेही रकम बराबरकाे कर्जा प्रवाह भएकाे छ । सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ४६ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।



About Us
प्रतिक्रिया