सिटिजन्स बैंकको १९९औँ शाखा ललितपुरको हरिसिद्धिमा


काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९९औँ शाखा ललितपुरको हरिसिद्धिमा सञ्चालनमा ल्याएको छ। यससँगै काठमाडौं उपत्यकाभित्र यस बैंकको ४० वटा शाखा र बागमती प्रदेशमा ५६ वटा शाखा सञ्चालनमा रहेका छन्।

हरिसिद्धिमा आज आयोजित एक कार्यक्रमबिच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले ग्राहकहरूलाई सर्वसुलभ र सुरक्षित बैंकिङ्ग सेवा पुर्‍याउँदै उनीहरूको विश्वास र समर्थन समेटेर हालको अवस्थामा आइपुगेको बताए।

सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो। उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति थियो।

नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गजस्ता सेवाहरू पहिलो वर्ष निःशुुल्क प्राप्त गर्न सकिनेछ। डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षका लागि छुटको व्यवस्था रहेको छ। साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको छ।