काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुन तोलामा १ लाख ७० हजार रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी १ हजार ९९० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया