काठमाडौं – पछिल्लो केही समययता सुनको मूल्यमा निरन्तर वृद्धि देखिएको छ। यो साता पनि सुनको मूल्य बढ्ने क्रम जारी नै रह्यो। समग्रमा यो साता सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले बढ्यो। नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको थियो। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला चार सय रुपैयाँले बढेको सुनको मूल्य आइतबार प्रतितोला २७ सय रुपैयाँले घटेको थियो।
आइतबार एकैदिन २७ सय रुपैयाँ घटेसँगै प्रतितोला सुन १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढ्दै प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्दै १ लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भयो। बुधबार सुनको मूल्यमा तोलामा ११ सय रुपैयाँले बढ्दै १ लाख ७० हजार ५ सय रुपैयाँ पुगेको थियो।
बिहीबार प्रतितोला ५ सय रुपैयाँले बढ्दै सुनको मूल्य उच्च बिन्दुमा पुगेको थियो। बिहीबार प्रतितोला सुन १ लाख ७१ हजार रुपैयाँ पुग्याे । यो मूल्य नै नेपाली बजारमा उच्च हो। यद्यपि, यसअघि कात्तिक १५ गते पनि यही मूल्य कायम भएको थियो।
शुक्रबार उच्च मूल्यबाट सुनको मूल्यबाट तोलामा १ हजार रुपैयाँ घट्यो। मूल्य घटेसँगै शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ७० हजार रुपैयाँ कायम भयो । गत साता सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको थियो।
प्रतिक्रिया