जाजरकोटमा नेपाल बैंकर्स संघद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोटमा नेपाल बैंकर्स संघद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंकर्स संघको कर्णाली प्रदेश समितिले जाजरकोटको खलङ्गामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न  गरेको छ । समितीले मंगलबार खलङ्गामा वित्तीय साक्षरता तथा सहुलियतपूर्ण कर्जा सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिका संयोजक राजन कुमार पोखरेलले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जा कार्यविधि तथा सहुलियतपूर्ण कर्जाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सहभागीहरुले कार्यक्रम प्रभावकारी तथा जानकारीमुलक भएको बताउँदै भविष्यमा समेत पुनः वित्तिय साक्षरता कार्यक्रमहरु आयोजना गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेश प्रसाद सिंह, नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश प्रमुख विनय सिग्देल, जिल्ला समन्वय समितिका प्रमुख कालि बहादुर खत्री, प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही, वीमा समिति कर्णाली कार्यालय प्रमुख पदम सोडारी, बैंकका प्रतिनिधिहरु र स्थानियहरुको उपस्थिती रहेको थियो ।