एक तोला सुनको मूल्य एक लाख ७० हजार

एक तोला सुनको मूल्य एक लाख ७० हजार

'ताेलामा १ हजार रूपैयाँले घट्याे सुनकाे मूल्य'


काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेसँगै प्रतितोला १ लाख ७० हजार रूपैयाँमा कायम भएको छ ।

बिहीबार प्रतितोला सुनको मुल्य १ एक लाख ७१ हजार रुपैयाँ थियो । त्यसैगरी, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ९० रुपैयाँमामा कारोबार भइरहको छ ।

आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।