नेप्सेमा झिनो अंककाे सुधार, काराेबार रकम ८ अर्ब माथि

'बैंकिङ्ग समूहमा ०.५५ अंकको गिरावट'


काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ दशमलव १४ अंकको वृद्धिसँगै बजार २७ सय ४३ दशमलव ७४ को बिन्दुमा उक्लिएको छ । मंगलबार र बुधबार हरियाली आएको बजारले आज पनि निरन्तरता पाएको हो ।

आज ३०९ कम्पनीको १ करोड ५६ लाख ३७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६२ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३८ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको ३६ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । विन नेपाल लघुवित्तका लगानीकर्ताले ९ दशलमव ६९ प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोला हाइड्रोका लगानकिर्ताले ९ दशलमव १४ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै बराही हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ३५ प्रतिशतका दरले गुमाएका हुन् ।