काठमाडौं – नेपाली बजारमा बिहीबार पुनः सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै प्रतितोला छापावाल सुन १ लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुन प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ९९५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको तोलाको १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया