काठमाडौं – राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले पछिल्लो समय बैंकिङ्ग क्षेत्रको जनशक्ति पलायन हुने क्रम बढेको बताएका छन् । पूर्व कार्यकारी निर्देशक थापाले एक कार्यक्रमलाई सम्बोधन गर्दै बैंकको जागिर छाड्ने प्रवृत्ति रोक्नका लागि नयाँ प्रविधि र सीपहरूको प्रयोगमा वृद्धि गर्न आवश्यक रहेको बताए ।
उनले बैंकहरूमा १२ घण्टा समय दिएर काम गर्नुपर्ने दबाबका कारण बैंकिङ्ग क्षेत्रमा काम गर्नेहरू जागिर छाड्न थालेको बताए । बुधवार उडान शैक्षिक केन्द्रको एक कार्यक्रममा बोल्दै थापाले बैंककाे जागिर छाड्ने प्रवृत्ति रोक्नका लागि नयाँ प्रविधि र सीपहरूको प्रयोगमा वृद्धि गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘बैंकिङ्ग अब केवल परम्परागत तहमा सीमित छैन, यसको प्रतिस्पर्धा र चुनौतीहरू दिनानुदिन बढ्दै गइरहेका छन् । अहिले कामका लागि १२ घण्टा समय दिनुपर्ने र ठुलो दबाब भई जागिर छोड्ने प्रवृत्तिहरू देखिन थालेका छन् । यो अवस्था सुधार्न प्रविधि र नयाँ सीपहरूको प्रयोग अत्यन्त महत्त्वपूर्ण छ ।’
उनले बैंकिङ्ग क्षेत्र अब परम्परागत तहमा मात्रै सीमित नभएको भन्दै यसको प्रतिस्पर्धा र चुनौती दैनिक रूपमा बढ्दै गएको उल्लेख गरे। थापाले बैंकिङ्ग क्षेत्रमा काम गर्दा नयाँ सीप र प्रविधिको प्रयोगमा बैंकहरूले प्राथमिकता दिनुपर्ने बताए ।



About Us
प्रतिक्रिया