काडमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपालमा सञ्चालन भइरहेको अमेरिकी सहयोगको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको बजेट रोकेको छ । राष्ट्रपति ट्रम्पको आदेशसँगै नेपालमा निर्माण नै सुरु नभइसकेको आयोजनाको निर्माण कार्य अनिश्चित कालका लागि बन्द भएको हो ।
यसअघि अमेरिकी राष्ट्रपतिले नेपालसहित विश्वभर यूएसएडबाट सञ्चालित कार्यक्रमको बजेट रोकेका थिए । अमेरिकाले यूएसएडका हजारौं कर्मचारीलाई विदामा पठाइसकेको छ । लगत्तै अमेरिकाले नेपालमा संघियता कार्यान्वयनका लागि सञ्चालन गर्दै आएको बजेट समेत रोकेको थियो । त्यसपछि, पछिल्लो आदेशअनुसार एमसीसी परियोजनाको बजेट पूर्णरुपमा रोकिएको हो ।
अर्थमन्त्रालयले दिएको जानकारीअनुसार नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा सम्पन्न सम्झौताअन्तरगर्त कार्यान्वयन भइरहेको आयोजनाको भुक्तानी रोकिएको छ । यससँगै, नेपालमा चर्को विवाद खेपेको यो आयोजनाको भविष्य अन्यौलमा परेको छ ।






About Us
प्रतिक्रिया