राष्ट्रिय जीवन बीमा कम्पनीले फागुन २५ देखि अभिकर्ता तालिम गर्दै



काठमाडौं – राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले यही फागुन २५ देखि २७ गतेसम्म जीवन बीमा अभिकर्ताको तालिम गर्ने भएको छ।

कम्पनीले तालिम काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा गर्ने भएको छ ।

तालिममा सहभागी हुन नागरिकताको प्रतिलिपि, प्लस टूको शैक्षिक योग्यताको प्रमाणपत्र, पासपोर्ट साइजको २ प्रति फोटो र प्यान कार्डको प्रतिलिपि सहित नजिकको शाखा कार्यालय वा बजार व्यवस्थापन विभागमा फागुन २२ गतेभित्र निवेदन दिनु पर्नेछ। तालिम शुल्क ५०० रुपैयाँ तोकिएको छ।