लाखौ रकम लिएर आरक्ष बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक र प्रमुख फरार

लाखौ रकम लिएर आरक्ष बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक र प्रमुख फरार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

पछिल्लो समय सहकारीका सञ्चालक नै भाग्ने क्रम तिब्र रुपमा बढ्दै गएको छ । त्यस्तै, काठमाडौंस्थित आरक्ष बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक नै लाखौ रक लिएर फरार भएका छन् । सहकारीको अध्यक्ष शारदा आचार्य न्यौपाने र प्रमुख कार्यकारी कमल न्यौपाने गत भदौ २ गतेदेखि फरार रहेका छन् । सञ्चालक शारदा र कमल श्रीमान श्रीमती रहेको समेत खुलेको छ । 

सहकारीको सितापाईला, चाबहिल र माछापोखरीको बुद्ध मलबाट भदै ९ गते देखि सेवा दिदै आएको थियो । तर अध्यक्ष र प्रमुख कार्यकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने भन्दै नोटिस सार्वजनिक गरेका थिए ।