काठमाडौं – लक्ष्मी सनराइज बैंकको आज र भोलि केही समयका लागि डिजिटलका साथै अन्य सेवाहरू अवरुद्ध हुने भएका छन् । बैंकले एक सूचना जारी गर्दे डिजास्टर रिकभरी ड्रिल हुन गइरहेकोले फागुन ६ र ७ गते सेवा अवरुद्ध हुने जानकारी दिएको छ।
बैंकले सो समयमा बैंकका कार्ड, एटिएम, पिओएस तथा मोबाइल मनी लगायतका डिजिटल भुक्तानीका सेवा साथै अन्य सेवाहरू अवरुद्ध हुने जानकारी दिएको छ।
बैंकको सेवा फागुन ६ गते बेलुका ११ बजेदेखि ७ गते बिहान १०ः३० बजेसम्म सेवा अवरुद्ध हुने भएको हो। बैंकले याे अवधिमा २ घन्टा ३० मिनेट सेवा अवरुद्ध हुने अनुमान गरेकाे छ।
जसमा फागुन ६ गते बिहान ६ बजेदेखि ६ः ३० सम्म, ७ः३० देखि ८ बजेसम्म, बेलुका ८ः३० देखि ११ बजेसम्म सेवा अवरुद्ध हुनेछ। बैंकले यसबाट ग्राहकहरूलाई पर्ने असुविधाप्रति क्षमा मागेको छ।




About Us
प्रतिक्रिया