काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको प्रतितोला ७ सय रूपैयाँले बढेको छ । मूल्य बढेसँगै आज प्रतितोला सुनको मूल्य एक लाख ६९ हजार ४०० रुपैया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ९१४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



About Us
प्रतिक्रिया