डुबेका कम्पनीले पनि आईपिओ जारी गरिरहेका छन्: सभापति पोखरेल 


काठमाडौं – सार्वजनिक लेखा समितिका सभापति ऋषीकेश पोखरेलले निजी क्षेत्रलाई प्रवर्द्धन गर्नको लागि लेखा समितिले सहयोग गर्ने बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति  पोखरेलले लेखा समितिको जलविद्युतको आईपिओ रोकिएको विषयमा वादविवाद भन्दापनि समाधान गर्न लाग्नुपर्ने बताएका हुन्। 

सार्वजनिक लेखा समितिले निर्णय गरेको विषयमा पुनः छलफल गरी समाधान गर्न सकिने बताए।  ‘व्यवसायीहरूले सार्वजनिक लेखा समितिले गरेको निर्णयको विषयमा छलफल गर्नु पर्नेमा देखाइदिनकाे लागि आर्थिक समितिमा पुगेको देखिन्छ,’ सपापति पोखरेलले भने,‘समितिमा निवेदन दिएपछि छलफल गर्नुपर्छ।’

डुबेका कम्पनीले पनि आईपिओ जारी गरिरहेको अवस्था रहेको बताए। उनले सबै कम्पनीलाई एउटै डालोमा हाल्न नमिले पनी विभिन्न ट्रेन्डकै अध्ययन गरी निर्णय गरेको हो। ‘हामीले ऋण नतिर्दासम्म प्रमोटर लगानीकर्ता बाहिरिनु हुँदैन भनी निर्णय गरेका हौँ,’ पोखरेलले भने,‘ स्थानीयलाई १० प्रतिशत शेयर दिनुपर्छ भनेको ऋणको भार बोकाउनु हो वा नाफाको प्रतिशत बाँडेको स्पष्ट हुनुपर्छ।’