कामना सेवा विकास बैंकमा रोजगारीको अवसर, के– के चाहिन्छ योग्यता ?


काठमाडौं –  कामना सेवा विकास बैंकले दरखास्त आह्वान गर्दे  कर्मचारी माग गरेको छ । बैंकले असिस्टेन्ट रिलेसनसीप म्यानेजरका लागि केही सङ्ख्यामा कर्मचारी माग गरेको हो । 

कम्पनीले सातै प्रदेशका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेकाले २७ सम्म आवेदन दिइसक्नुपर्नेछ । 

बैंकले याेग्यतामा सम्बन्धित क्षेत्रमा २ वर्षको अनुभवका साथै व्यवस्थापन तथा अर्थशास्त्रमा स्नातक गरेको हुनुपर्ने जनाएको छ ।