१२ सय रूपैयाँले बढ्याे सुन,कतिमा हुँदैछ कारोबार ?

१२ सय रूपैयाँले बढ्याे सुन,कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आइतबार सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेको थियाे ।