काठमाडौं – नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि ५ जनाको नाम सर्टलिस्ट गरिएको छ। अध्यक्ष नियुक्तिका लागि सरकारद्वारा गठित सिफारिस समितिको फागुन ४ गतेको निर्णयअनुसार ५ जनाको नाम सर्टलिस्ट गरिएको हो।
सर्टलिस्टमा पर्नेमा कमलप्रसाद रेग्मी, चिरिञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा छन्। सर्टलिस्टमा परेकाहरूलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि फागुन १० गते अर्थ मन्त्रालयमा बोलाइएको छ। अन्तर्वार्ता दिउँसो २ बजेबाट सुरु हुनेछ।
व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्तापछि समितिले ३ जनाको नाम मन्त्रिपरिषद्समक्ष सिफारिस गर्नेछ। तिनै ३ जनामध्ये एक जनालाई सरकारले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्नेछ।
समितिले गत पुस २६ गते सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो । माघ ११ गतेसम्म आवेदन खुला गरिएको थियो।





About Us
प्रतिक्रिया