अन्तर्राष्ट्रिय मुद्रा कोषले २ अर्ब ९० करोड ऋण श्रीलंकालाई दिने

अन्तर्राष्ट्रिय मुद्रा कोषले २ अर्ब ९० करोड ऋण श्रीलंकालाई दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

दक्षिण एसियाली राष्ट्र श्रीलंकालाई अन्तर्राष्ट्रिय मुद्रा कोषले ऋण दिने भएको छ । ऋणको जपेटामा परेको श्रीलंकालाई २ अर्ब ९० करोड डलर ऋण दिन अन्तराष्ट्रिय मुद्रा कोष प्रारम्भिक रुपमा तयार भएको हो ।  

आइएमएफका वरिष्ठ अधिकारी पिटर ब्रुअर भन्छन्, ‘स्टाफ तहबाट सम्झौता अनुमोदन भएता पनि ऋण पूर्ण रुपमा प्राप्त गर्न श्रीलंकालाई धेरै समय लाग्ने छ’ ।

श्रीलंकाले ऋण सम्झौता पारित गर्नका लागि श्रीलंकाको ऋणदाताहरुबाट ऋण राहतपत्र तथा अरु साझेदारहरुबाट हुने वित्तिय सहयोगको सुनिश्चितता पत्र आवश्यक रहेको आइएमएफले जनाएको छ ।