कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं- कुमारी बैंक लिमिटेडले आफ्ना विभिन्न संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको शेयर सर्वसाधरणका लागि बिक्रीमा राखेकाे छ । बैंकले सम्बन्धित शेयरधनीले आफ्नो हकको शेयर बेच्न बैंकमा निवेदन दिएपछि २५ हजार ४६८ कित्ता शेयर बिक्रीमा राखेको राखेको हो।

बैंकले यसअघि उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीलाका लागि बिक्रीमा राखेकाे थियाे। तोकिएको अवधिभित्र संस्थापकबाट शेयर किन्न आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्रीमा राखेकाे छ ।

शेयर किन्न इच्छुक सर्वसाधारणले ३५ दिनभित्र नक्सालस्थित शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ। बैंकले शेयरको बिक्री मूल्य भने ताेकेकाे छैन ।