ग्लोबल आइएमई लघुवित्तको आधारभुत सिपमुलक तालिम सम्पन्न

ग्लोबल आइएमई लघुवित्तको आधारभुत सिपमुलक तालिम सम्पन्न


काठमाडौं – ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था शाखा कार्यालय चाप घाट तनहुँले संस्थामा आबद्ध सदस्यहरूलाई सिप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आधारभूत क्रिष्टल तथा चुरा पोते बनाउने सिपमूलक तालिम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त तालिम फागुन १ गते देखी फागुन २ गतेसम्म सञ्चालन भएको हो ।

उक्त तालिममा विभिन्न वडाहरूका गाउँटोलमा बसोबास गर्दै आएका २७ जना महिला दिदीबहीनीहरुको सहभागिता थिए । तनहुँ उद्योग वाणिज्य सङ्घ तनहुँको हलमा सञ्चालित उक्त कार्यक्रममा प्रशिक्षक रविना रीजालले महिला दिदीबहीनीहरुलाई सिप सिकाएका थिए ।

राष्ट्रियस्तर कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले नेपालभरका आफ्ना सदस्यहरूलाई विभिन्न समयमा विविध किसिमका सीपमूलक तालीम तथा सामाजिक क्षेत्रमा विविध कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । कार्यक्रमका प्रमुख अतिथि व्यास २ का वडा सदस्य सुरेश वाग्लेद्वारा उद्घाटन भएको थियो भने सभापतित्व व्यास १० की वडा सदस्य खीरमाया विकले गरेकी थिइन् । शाखाका शाखा प्रबन्धक सुशीला विक तथा कर्मचारीहरुद्वारा तालिमको व्यवस्थापन गरेका थिए।

समापनमा सदस्यहरूले सिकेको सिपलाई व्यवहारमा लागु गरी आम्दानीका श्रोतहरू वृद्धि गर्न उत्प्रेरित भई कार्य गर्न सुझाव दिँदै संस्थाका अनुगमन अधिकृत प्रकाश लामिछानेद्वारा सबै सहभागीहरुलाइ प्रमाणपत्र हस्तान्तरण गरेका थिए। साथै, समापनका क्रममा वडा न १० की वडा सदस्य खीरमाया विकले हामी महिला दिदीबहीनीहरु असल मार्गमा अगाडी बढी आफू र आफ्नो परिवार सुन्दर बनाउन फुर्सदका समयमा सिकेका सिपहरूलाई व्यवहारमा लागु गरी अगाडी बढ्नुपर्ने बताउँदै संस्थालाई धन्यवाद ज्ञापन गरिन् ।