माघसम्म ग्लोबल आईएमईले गर्यो सबैभन्दा बढि निक्षेप संकलन, दोस्रोमा नबिल (विवरणसहित)


काठमाडौं – पछिल्लो समय वाणिज्य बैंकहरुले निक्षेप संकलनमा उल्लेख्य रूपमा सुधार गरेका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए) को चालु आर्थिक वर्षको माघसम्मको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकमा ५९ खर्ब ९७ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

एनबीएकाे तथ्यांकअनुसार माघसम्म मा सबैभन्दा बढी निक्षेप संकलन बैंकमा भने ग्लोबल बैंक आईएमईरहेको छ । यो बैंकले माघसम्म ५ खर्ब २९ अर्ब रुपैयाँ संकलन गरेको छ । दोस्रो धेरै निक्षेप संकलन गर्ने बैंकमा नबिल रहेको छ । नबिलले ४ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै, तेस्राेमा नेपाल इन्भेस्टमेन्ट बैंकले ४ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन रूपैयाँ निक्षेप संकलन गरेकाे छ ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ४ खर्ब ४४ अर्ब रूपैयाँ, कुमारी बैंक ३ खर्ब ६१ रूपैयाँ, लक्ष्मी सनराइजले ३ खर्ब ४७ अर्ब रूपैयाँ निक्षेप संकलन गरेकाे छ । समिक्षा अवधिमा प्रभु बैंकले ३ खर्ब ९ अर्ब रूपैयाँ, नेपाल बैंकले ३ खर्ब ४ अर्ब रूपैयाँ, एनआईसी एशिया बैंकले ३ खर्ब रुपैयाँ २ अर्ब रूपैयाँ, हिमालयन बैंक ३ खर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन् ।

यसैगरी एभरेष्ट बैंक एनएमबी बैंकले २ खर्ब ३१ अर्ब रूपैयाँ, कृषि विकास बैंकले २ खर्ब ५६ अर्ब रूपैयाँ, प्राइम कमर्सियल बैंक २ खर्ब ३८ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन् ।

यस्तै, सिद्धार्थ बैंक २ खर्ब ४३ अर्ब रूपैयाँ, सानिमा बैंकले २ खर्ब १३ अर्ब रूपैयाँ, सिटिजन्स बैंकले २ खर्ब रूपैयाँ, नेपाल एसबीआई बैंकले १ खर्ब ८२ अर्ब रूपैयाँ माछापुच्छ्रे बैंकले १ खर्ब ६८ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन्। समिक्षा अवधिमा सबैभन्दा कम निक्षेप संकलन गर्ने वाणिज्य बैंकमा स्टान्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकले माघमा १ खर्ब २४ रूपैयाँमात्र निक्षेप संकलन गरेकाे छ ।