काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्यमा भारी रकमको गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेको हो।
योसँगै प्रतितोला छापावाल सुन १ लाख ६७ हजार ५ सय रुपैयाँमा कायम भएको छ। गत शुक्रबार सुन तोलामा १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै चाँदी १९ सय ५५ रुपैयाँमा कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया