एजेन्सी – रिर्जव बैंक अफ इण्डिया (आरबीआई)ले दुई बैंकलाई ६८ लाखभन्दा बढी जरिवाना तिराएको छ । भारतीय सञ्चारमाध्यमा प्रकाशित समाचारअनुसार आरबीआईले दुई वटा बैंकलाई गरी कूल ६८.१ लाख भारु जरिवाता तिराएको हो ।
आरबीआईले नैतिताल बैंक र उज्जिवन स्मल फाइनान्स बैंकलाई नीतिगत व्यवस्था नमानेको भनेर जरिवाता गरेको बताइएको छ । यसमध्ये नैतिताल बैंकलाई मात्रै ६१ लाख ४० हजार भारु जरिवाना गरिएको छ ।
यो बैंकले केन्द्रीय बैंकको ब्याजदर सम्बन्धी निर्देशन नमानेपछि जरिवाना तिराइएको केन्द्रीय बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यस्तै उज्जिवन स्मल फाइनान्स बैंकलाई ६ लाख ७० हजार भारु जरिवाना तिराइएको छ । यस बैंकले केन्द्रीय बैंकको ऋणसँग सम्बन्धीत निर्देशका पालना नगरेको पाइएको थियो ।






About Us
प्रतिक्रिया