काठमाडौँ– उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले करिब २७ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको छ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३८६ परियोजनाका लागि २६.८४ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको हो।
सात महिनाको अवधिमा प्राप्त कुल प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामध्ये १७५ परियोजनाका लागि स्वचालित प्रणालीमार्फत २ अर्ब ६२ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ भने बाँकी २११ परियोजनाका लागि परम्परागत प्रणालीमार्फत २४ अर्ब २१ करोड रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको छ।
सेयर खरिद सम्झौता एसपीए र सेयर सदस्यता सम्झौता ९एसएसए० मार्फत ३२ उद्योगका लागि १ अर्ब ९४ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ। त्यसैगरी विभागले ४२ उद्योगका लागि प्रविधि हस्तान्तरण सम्झौता टीटीए स्वीकृत गरेको जनाएको छ।
उद्योग विभागका अनुसार सात महिनाको अवधिमा ३७५ साना उद्योग, ७ मझौला उद्योग र ४ ठूला उद्योगका लागि लगानी प्रतिबद्धता प्राप्त भएको छ।






About Us
प्रतिक्रिया