राजश्व विभागका महानिर्देशकमा मदन दहाल


काठमाडौं – अर्थ मन्त्रालयका सह-सचिव मदन दहालले आन्तरिक राजश्व विभागको महानिर्देशककाे जिम्मेवारी पाएका छन् । अर्थ मन्त्रालयले सह-सचिवहरूकाे जिम्मेवारी हेरफेर गर्नेक्रममा दहाललाई विभागको महानिर्देशकको भूमिकामा पठाएको हो

हाल दहाल अर्थ मन्त्रालयको प्रशासन महाशाखाको जिम्मेवारीमा रहेका थिए । यस्तै, उनी नेपाल बीमा प्राधिकरणकाे अध्यक्षकाे भूमिका छन्। दहालले आन्तरिक राजश्व विभाग विभाग र बीमा प्राधिकरण दुवैको जिम्मेवारी सम्हाल्नेछन् ।