काठमाडौं – दुई लघुवित्त कम्पनीले नेपाल धितोपत्र बोर्डले थप सार्वजनिक निष्कासन (एफपीओ) का लागि स्वीकृति पाएका छन्। एफपीओ निष्कासनका लागि स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तले अनुमति पाएका हुन् ।
स्वरोजगार लघुवित्तले अंकित मूल्य १ सयका दरले १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्कासन गर्नेछ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ ।
त्यस्तै, विन नेपाल लघुवित्तले अंकित मूल्य १ सयका दरले ५१ हजार २९२ कित्ता शेयर निष्कासन गर्ने भएको छ। कम्पनीको बिक्री प्रवन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ्ग छ ।
प्रतिक्रिया