सुन तोलाको १ लाख ७० हजार नाघ्यो

सुन तोलाको १ लाख ७० हजार नाघ्यो

'ताेलामा ४ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य'


काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज सुन तोलमा ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै आज प्रतितोला सुन एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । 

बिहीबार प्रतितोला सुन एक लाख ६९ हजार ८०० रुपैयाँमामा कारोबार भएको थियो । यसैगरी, चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ७०  रुपैयाँ निर्धारण गरिएको छ ।