एकैदिन १५ अर्बले घट्यो बैंकिङ्ग निक्षेप, कर्जा प्रवाहमा सामान्य वृद्धि


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेपमा भारी रकमको गिरावट देखिएको छ ।  केन्द्रीय बैंकको माघ २७ गते र २८ गतेको तथ्यांकअनुसार बैंकिङ्ग निक्षेपमा एकैदिन १५ अर्बको गिरावट देखिएको हो ।

राष्ट्र बैंकको माघ २८ गतेको तथ्यांकअनुसार पछिल्लो समय बैंकिङ्ग प्रणालीमा ६७ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । अघिल्लो दिन ६७ अर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेपमा पनि गिरावट देखिएको छ । माघ २७  गते ५९ खर्ब ९९ अर्ब रुपैयाँ संकलन गरेका वाणिज्य बैंकहरूले २८ गते ५९ खर्ब ८५ अर्ब रुपैयाँ संकलन गरेका छन् ।

सो अवधिमा कर्जा प्रवाहमा पनि सामान्य गिरावट देखिएको छ । माघ २७ गते ५४ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट ५४ खर्ब ३६ अर्ब रुपैयाँ रकम बराबरको कर्जा प्रवाह भएको छ । सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ६५ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ।